बाघको आक्रमणबाट बर्दियामा फेरि १ महिलाको मृत्यु

0
541

जेठ१७,२०७८बर्दिया :बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट मृत्यु भउको छ ।

उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिए।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेको र मृतक महिलाको शव प्रहरीले फेला पारिसकेको जनाइएको छ। दिउसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

SHARE