गुल्मी अस्पताल र मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

0
629

हुमाकान्त पोखरेल
जेठ १७,२०७८गुल्मीः गुल्मी अस्पताल र मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
गुल्मेली समाज, जापानको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ, गुल्मीको समन्वयमा उपलब्ध स्वास्थ्य सामग्रीहरु सोमबार हस्तान्तरण गरिएको हो । गुल्मी अस्पतालको लागि दुई हजार पिस सर्जिकल मास्स, गाउन पिपिई ४० थान, सेनिटाइजर ३५ लिटर र सात हजार सिटामोलका ट्याबलेट उपलब्ध गराइएको छ ।
त्यस्तै मालिका गाउँपालिकाको अर्खबाङ्ग स्वास्थ्य चौकीको लागि अक्सिजन दिने कन्सन्टेटर मेसिन प्रदान गरिएको छ । उक्त सामग्रीहरु प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या र मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसाललाई हस्तान्तरण गरिन् । सामग्री हन्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ शर्माले भौतिक रुपले शरिर टाढा भएपनि आफ्नो जिल्लाप्रति गरेको सहयोगको प्रशसां गरिन् ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डे, पत्रकार महासंघका प्रदेश परिषद् सदस्य ताराप्रसाद भुसाल, पत्रकार महासंघका कार्यसमिति सदस्य महेश बोहोरा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पत्रकार महासंघका संस्थापन अध्यक्ष हरी कुमार श्रेष्ठको अध्यक्षता तथा कार्यसमिति सदस्य हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो । गुल्मेली समाज, जापानले जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्री पठाएको छ ।
समाजले कालीगण्डकी, सत्यवती, चन्द्रकोट, छत्रकोटको श्रृङ्गा स्वास्थ्य चौकी, मुसिकोटको वामी अस्पतालको लागि एक÷एक वटा अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको छ । मुसिकोटको अर्लाङकोट स्वास्थ्य चौकी र मुसिकोटकै कुर्घा स्वास्थ्य चौकीको लागि पनि संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका कार्यसमिति सदस्य नेत्र पाण्डेले जानकारी दिए ।

SHARE