सीआईएनबाट गुल्मेली पत्रकार पोखरेल सम्मानित

0
418

जेठ१६ ,२०७८गुल्मीः देशैभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक सुचना नेटवर्क ९सीआईएन० बाट गुल्मेली पत्रकार हुमाकान्त पोखरेल सम्मानित भएका छन् ।
सीआईएनले ‘दीगो शान्ति सामुदायिक पत्रकारिता पुरस्कार’बाट गुल्मेली पत्रकार पोखरेललाई सम्मान गरेको हो । सीआईएनले आफ्नो १२ औं बार्षिकोत्सव शनिबार गणतन्त्र दिवसका दिन भर्चुअल विधिबाट मनाएको थियो । सोही कार्यक्रममा पत्रकार पोखरेललाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । बर्षभरी गरेको रिपोर्टिङ, विषयवस्तुको गाम्भीर्यता, प्रस्तुति लगायतका बिभिन्न मापदण्डको आधारमा पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरिएको सीआईएनका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए । गुल्मीको पहिलो सामुदायिक रेडियो, रेडियो स्काईबाट पत्रकारिता सुरु गरेका पोखरेल हाल गुल्मीको धुर्कोट एफ्एम्मा कार्यरत छन् ।
पत्रकार पोखरेलले विगत साढे चार बर्षदेखि सीआइएन्मा गुल्मीका समसामयीक बिषयवस्तुहरुको बारेमा रिपोर्ट प्रशारण गर्दै आइरेका छन् । दुई बर्ष अगाडी सीआइएनले संचालन गरेको ‘बाल बिवाह विरुद्धको अभियान’ मा पनि पत्रकार पोखरेल देशैभरबाट उत्कृष्ठ भएका थिए । सीआइएन्ले आफ्नो बार्षिकोत्वको अवसरमा देशभरका अन्य चारजना रेडियोकर्मीलाई पनि सम्मानित गरेको छ । जसअन्तरगत सिआईएनमा कार्यरत स्नेहा कर्ण, रेडियो सीमरा, बाराबाट अविनास आचार्य र विजय एफ्एम् नवलपरासीबाट पवित्रा आचार्यले रेडियो पत्रकारिता पुरस्कार प्राप्त गरेको सीआइएनका म्यानेजर दिपक आचार्यले जानकारी दिए ।
सम्मानित हुने सबैको पुरस्कार राशि १५ हजार रहेको आचार्यले बताए । भर्चुअल कार्यक्रममा बिभिन्न प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीहरु, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष, प्रेस काउन्सिलका अध्यक्ष लगायत देशैरभरका सामुदायिक रेडियोकर्मीहरुको उपस्थिति रहेको थियो ।

SHARE