बाँकेमा दाङ र बर्दियाका थप चार संक्रमितको मृत्यु

0
479

जेठ१५,२०७८बाँके : कोरोना संक्रमणका कारण बाँकेमा थप चार जना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बेलुकादेखि शनिबार बिहान ९ बजे समय अवधिभित्र उनीहरुको उपचारका क्रममा बाँकेका दुईवटा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका छन्।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बर्दिया मधुवन नगरपालिका ६ की ५२ वर्षीया महिला, राप्ती गाउँपालिका ६, दाङकी ५२ वर्षीया महिला र लमही नगरपालिका ३, दाङका ४० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी, बढैयाताल गाउँपालिका ४, बर्दियाका ३५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको वलीले जानकारी दिए। योसँगै बाँके जिल्लाभित्रका २८८ जनाको कोरोनाबाट ज्यान गएको छ भने, बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई ज्यान गुमाउनेको संख्या २७४ पुगेको छ।

SHARE