
(काल्पनिक घटना)
बसन्ता पोख्रेल
धुर्कोट १ नयाँगाउँ,गुल्मी : कोरोना महामारी चलिरहेको बेला ,मानसिक पीडा,लक डाउनको पालन गर्नु पर्ने, एकान्त ठाउँ ,हरियाली दृश्यहरु, वर्षायामको आकाशे पानी ,मूलको छहारी परेको आज तेस्रो दिन भइसक्यो।
बर्खा यामको समय यसलाई अवसर पारी एक दिन घुम्ने सल्लाह अनुसार प्रकृतिमा रमाउन जाने निर्णय पनि गरियो। पानि परिरहेको थियो, एकान्त, शान्त ठाउँमा साथी संग त्यही हरियाली प्रकृतिक सुन्दरतामा रमाउन गाएकी थिए म पनि,एक छाता मुनि तीन जना थियौं । म बीचमा गफ गर्दै थिए, सबै जना गफमा रमाउँदै थियौं, कुर्था सुरुवाल लगाएर गएका हामी सिम्पल नैं देखिएका थियौं।जब उक्त ठाउँमा पुग्यौं,त्यहाँको सुन्दरतामा रमाउन गएकी म त्यहाँ पुग्दा मेरो नजर भने ठीक विपरीत एक जवान ठिटो मा पुग्यो।
खैरो टिसर्ट,जिन्स पाइन्ट,कालो जुत्ता मा सजिएको ऊ,कालो चस्मा ,दारी ,/जुँगा पालेको, गहुँ गोरो वर्ण को ,, मुसुक्क हाँस्दै गर्दा देखिने मिलेका सेता दन्त ,चुरोट को खिल्ली उडाइरहेको थियो,आफू भने कालो बाइक माथि बसिरहेको थियो, कहा त्यहाँको दृश्य अवलोकन गर्नु आँखा पनि उसैको नजरमा गयो , ऊ पनि त्यस्तै हल्का लजाउँदै मेरो आखा छली हेर्दै गर्ने नजर, हेरिरह्यो ,, ऊ पनि एकान्त मा थियो ,उसको साथीहरु भने फोटो खिच्नमा व्यस्त देखिएका थिए।
म पनि साथीहरु संग त्यही वरपरको अवलोकन गर्ने भन्दै गए , हुन त त्यहाँ जता नै अवलोकन गरेपनि मन मा उसैको तस्बिर थियो ,अरु त अवलोकन गरे पनि बिर्सदै गएकी थिएँ,अल्ली पर गएर पछि फर्केर उसैलाई हेरे उसले हातमा मोबाइल राखी मेरो तस्बिर लिँदै गर्दा मेरो नजर उसैमा पर्न गयो। मलाई भने लाज लागेको थियो त कता कता काउकुती लागेको अनुभूति,साथीहरु त रमाइलो संग फोटो लिएका थिए,उसको अनि मेरो नजर भने साथीहरु को नजर छलीछली एक अर्का प्रति हेरिरहेका थियौं,त्यतिकै मा आकाश बाट ठूलो मुसलधारे पानी,पर्यो, फिल्म मा माया गर्ने जोडी बस्दा आकाश बाट पानी परेजस्तो लाग्यो,तर पानी परेको भन्दै साथीहरु घर फर्कने अनुरोध सम्म गर्दा मलाई भने पानीमा भिजिरहन ,उसैलाई हेरिरहन मन लागेको थियो,आफैमा यी कुरा लुकाउँदै उसलाई हेर्दै फर्कन लागे,उसको पनि चुरोट खरानी भयो भने धुवाँ पनि उडेर आकाश तिर गयो उ पनि बाइक मा चडेर मलाई हेर्दै थियो,हामी हरु एक अर्को बीच अन्जान थियौं, न त नाम ,नं केही पनि थिएन , न त उसले बोलायो मैले त उसलाई झन कसरी बोलाउनु
सिधा नगर हेर्न लजाउने म कसरी बोलाउनु,अन्जान भएपनि मन देखि आफ्नै लागि बनेजस्तो,आफ्नै मान्छे जस्तो लाग्दै थियो, उसको मोबाइलमा मेरो फोटो थियो तर मेरो नजर अनि हरेक यादमा उसको दृश्य थियो यत्तिकै मा घर फर्कदै थियौ तर घर फर्कदै गर्दा बीचैमा त्यस्तै करिब सात बजे बैनी ले उठाई अनि सपना पो रहेछ ,झसङ्ग भए,त्यतिकै मा उसको र मेरो सम्बन्ध चुरोट को खिल्ली र धुवाँ जस्तो,केही क्षण सँगै त केही समय पछि जमीन र आकाश जस्तो लाग्यो ,सपना त सपना हो देख्न छाड्नु हुँदैन ,बाँकी उसको र मेरो सम्बन्ध अर्को सपना मा देख्ने आशा राखे यो सपना यही अन्त्य भएको थियो✍️✍








