एम्बुलेन्स चालक कुटपिट गर्ने पक्राउ

0
260

हुमाकान्त पोखरेल
जेठ१४,२०७८गुल्मीः नेपाल रेडक्रस सोसाइटी, गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ बर्षिया सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार राति ९ बजेको समयमा एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए ।
पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । कुटपिटपछि घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
निजलाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने बिषयमा टुङ्गो लाग्ने सुचना अधिकारी पाण्डेले बताए । उनीहरुले साथिहरुसँग सँगै बसेर मदिरा सेवन गरेको र छाताको बिषयमा झगडा हुँदा कुटपिट भएको अधिकारीले जानकारी दिए ।

SHARE