मन्त्री ज्ञवालीको पहलमा गुल्मीको मजुवामा बहुप्राविधिक विद्यालय स्वीकृत

0
320

सूर्य सुनार
जेठ१४ ,२०७८गुल्मी :नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र न।१ का सांसद प्रदीपकुमार ज्ञवालीको पहलमा गुल्मीको मजुवामा बहुप्राविधिक विद्यालय स्वीकृत भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम संचालन हुने भएको हो ।
जिल्लामा थप एक आंगिक शिक्षालय स्थापना सम्बन्धमा सम्भाव्यता गर्न निर्णय भएको र सो सम्बन्धमा यही जेठ १० गते लुम्बिीनी प्रदेश कार्यालयबाट सम्भाव्यता अध्ययन गरी शिफारिस भै शिक्षा मन्त्रालयमा पठाइएको थियो । त्यस्तै परिषदका अध्यक्ष शिक्षामन्त्रीको निर्णयानुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शिक्षालय स्थापना हुने भएको हो ।

जसअन्तगत डिप्लोमा इन कृषि वाली विज्ञान, डिप्लोमा इन कृषि पशु विज्ञान, र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययन हुने गरी कार्यक्रम स्वीकृत भएको हो । शिक्षामन्त्री र सिटिइभिटीलाइ मन्त्री ज्ञवालीले धन्यवाद दिए । त्यस्तै यस विषयमा निरन्तर पहल गर्ने, र जग्गा लगायत प्रबन्ध गर्ने स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र जनसमुदायलाई मन्त्री ज्ञवालीले वधाइ र धन्यवाद दिएका छन् ।

SHARE