गुल्मीमा १० बर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १९ बर्षीय पुरुष पक्राउ

0
386
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

जेठ १३,२०७८गुल्मीः गुल्मीमा १० बर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्वर दुइकी १० बर्षीय बालिकालार्ई १९ बर्षीय पुरुषले बुधबार स्थानीय जंगलमा जबरवस्ती करणी गरेको बच्चाहरुले देखेपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जवरजस्ती करणी भएको बच्चाहरुले देखेपछि स्थानीयहरुले प्रहरीलार्इृ खबर गरेपश्चात आरोपीत पुरुषलाई प्रहरीले पक्र्राउ गरेको छ । आरोपीत पुरुषले यस अगाडी पनि पटक पटक जबरजस्ती करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
आरोपीत पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको पाण्डेले बताए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE