बाघको आक्रमणबाट बर्दियामा एक बृद्ध गम्भीर घाइते

0
300
फाइल फोटो

जेठ१३,२०७८बर्दिया :बर्दियामा बाघको आक्रमणबाट फेरि एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको मधुवननगरपालिका–१ ईन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

औराहीस्थित सामुदायिक वनमा बुधबार बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। थारुको अनुहार चिथोरिएर छ।

दाहिने खुट्टाको साप्रामा गहिरो घाउ भएको छ। शाहीका अनुसार घाइते थारुले आफ्नै साथमा रहेको खुर्पाले बाघलाई प्रहार गरेपछि चोट लागेर बाघ जंगलतर्फ भागेको थियो। घाइते थारुको जिल्ला अस्पताल बर्दियामा उपचार भैइरहेको शाहीले जानकारी दिए।

SHARE