मन्त्री ज्ञवालीद्धारा जिल्लामा स्वास्थ्य सामाग्री

0
351

जेठ१३,२०७८गुल्मीः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् ।
मन्त्रीका स्वकीय सचिब जंग नेपालीले ६० थान अक्सिजन सिलिण्डर,८ थान अक्सिजन कन्सन्ट्रेटर ,एक हजार पाँचसय थान एन्टिजेन कीट लगायत स्वास्थ्य सामाग्री जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना माहामारीको समयमा मन्त्री ज्ञवालीले जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव नहोस भनेर स्वास्थ्य सामाग्री पठाएको मन्त्रीका स्वकीय सचिब नेपालीले जानकारी दिए । साथै मन्त्रीे ज्ञवालीले माहामारीको समयमा सचेत रहन र स्वास्थ्यका मापदण्डहरु पालना गर्नका लागि पनि जिल्ला बासीलाई आग्रह गर्नुभएको नेपालीले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारीले गुल्मी अस्पताल बिकास समितिका अध्यक्ष गोपाल पाण्डेलाई हस्तान्तरण गर्दै आवश्यकताका आधारमा जिल्लामा वितरण गरिने बताइन् ।

SHARE