समाजसेबी कृष्ण भुसालद्धारा गुल्मीदरबारलाई स्वास्थ्य सामग्री

0
298

जेठ १३,२०७८गुल्मीःगुल्मीदरबार गाउँपालिका वडा नम्बर दुई स्थायी ठेगाना भई हाल काठमाण्डौमा बस्दै आएका समाजेवी कृष्ण भुसालले गाउँपालिकामा स्वास्थ्य सामग्री पठाएका छन् ।
समाजसेवी भुसालले अक्सिमिटर ६ थान ,मास्क १ हजार पिस,स्यानीटाइजर १५ लिटर र ८ थान डिस पोसिवल पीपीइ गाउँपालिकामा प्राप्त भएको गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
स्वास्थ्य सामग्रीहरु वडा नम्बर चारका वडा अध्यक्ष खुमबहादु पल्ली, समाजसेवी कृष्ण खनाल र सुशिला पुन मार्फत आज गाउँपालिकामा प्राप्त भएको हो । प्राप्त स्वास्थ्य सामग्रीले कोरोना रोकथाम तथा उपचारमा ठूलो सहयोग पुग्ने पाण्डेले बताए ।

SHARE