गुल्मीमा सात महिनाकी गर्भवती महिला सहित चार जना संक्रमितको मृत्यु

0
429

जेठ१३,२०७८गुल्मीः गुल्मीमा एक गर्भवती महिला सहित बिहीबार चार जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर चारकी २१ बर्षकी सात महिनाकी गर्भवती महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। उनमा जेठ ९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो ।
यस्तै सोही गाउँपालिका वडा नम्बर दुईकी ६५ बर्षीय महिलाको पनि उपचारको क्रममा प्रभासमा नै मृत्यु भएको छ । उनमा जेठ ५ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो ।
यस्तै सोही गाउँपालिका वडा नम्वर ६ का ५७ बर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनमा बैशाख १९ गते एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएको थियो ।
रेसुंगा नगरपालिका वडा नम्वर दुईका ८० बर्षीय बृद्धको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । उनमा बैशाख ३० गते कोरोना पोजेटिभ देखिएको थियो ।यो संगै गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ७८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म एक हजार १२४ जना संक्रमित निको भएका छन् ।

SHARE