रुपन्देहीमा पाँच संक्रमितको मृत्यु

0
287

जेठ१३,२०७८ रुपन्देहीः रुपन्देहीको भैरहवाका दुई अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमित मृत्यु भएको छ।

भीम अस्पतालमा चार र युनिभर्सल शिक्षण अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालका स्रोत व्यक्तिले जनाएका छन्।

भीम अस्पतालमा कपिलवस्तुको शिवराज नगरपालिकास्थित समिति चोकका २३ वर्षीय युवक, रूपन्देहीको सैनामैना नगरपालिका–२ का ७० वर्षीय पुरुष, सैनामैना–१ का ४६ वर्षीय पुरुष, सिद्धार्थनगर–१ का ५१ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिए।

युनिभर्सल शिक्षण अस्पतालमा सिद्धार्थनगर नपा–३ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रशासन संयोजक तेज केसीले जानकारी दिए।

SHARE