गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट

0
649

जेठ१२,२०७८गुल्मीः गुल्मीमा एम्बुलेन्स चालक माथि गएराती कुटपिट भएको छ ।
नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ बर्षीय लालबहादुर खत्री माथि इस्मा १ हस्तिचौरमा गएराती कुटपिट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खत्रीलाई रेसुंगा नगरपालिका १ धागिथुमका अन्दाजी ३० बर्षीय सागर बोहोराले गएराति साढे ९ बजे कुटपिट पछि फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।
चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
एम्बुलेन्स चालक माथि कुटपिट हुनु निकै निन्दनीय बिषय भएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए । बस्नेतले दोषी माथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिए ।
यता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले घटनामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे । यस माहामारीको समयमा खटिने एम्बुलेन्स चालकको सुरक्षाका बिषयमा स्थानीय प्रशासन र सरकार गम्भीर बन्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE