गुल्मीमा एक हजार ७७ संक्रमित कोरोना मुक्त

0
237

जेठ१२,२०७८गुल्मीः गुल्मीमा एक हजार ७७ जना संक्रमित उपचार पछि निको भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कुल एक हजार ८९८ संक्रमितहरु मध्ये एक हजार ७७ जना उपचार पछि निको भएको र बुधबार मात्रै १७७ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जनाकारी दिए ।
जिल्लामा अहिले कुल सक्रिय संक्रमितको संख्या ७५१ जना रहेको र जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
यता जिल्लाको सरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्नुपर्ने स्वाबको नमुना बढी भएको प्रयोगशालाले जनाएको छ । दैनिक परीक्षण क्षमता भन्दा स्वाबको चाँप बढी भएकोले रिपोर्ट आउनमा केही ढिला हुने प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए ।
साथै थप स्वाबको नमुना संकलन गर्नुपुर्व प्रयोगशालासंग समन्वय गर्न पनि उनले आग्रह गरे । प्रयोगशालाबाट दैनिक ९४ नमुना परीक्षण गर्न सकिने र अहिले करिब पाँच सय नमुना प्रयोगशालामा आइसकेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए ।

SHARE