गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

0
810

सूर्य सुनार
जेष्ठ १०,२०७८ गुल्मी :कोरोना माहामारीबाट सावधानी अपनाउनका लागि गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीले सिमिचौर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरसको द्रोस्रो लहर सुरु भए संगै जिल्लामा कोरोना संक्रमण दर बढिरहेको छ । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा पनि कोरोना संक्रमितका बिरामी बढिरहेको समयमा गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सिमिचौर सम्पर्क समाज रुपन्देहीले सिमिचौरका स्वास्थ्यकर्मीलाई बिरामीको हेरचाह गर्न स्वास्थ्य सामग्री सहयोग गरेकोमा वडाध्यक्ष पदमप्रसाद अर्यालले धन्यवाद दिए । वडामा सिमिचौर सम्पर्क समाजले एम्बुलेन्स संचालनमा सहयोग गर्न आग्रह गरे । कोरोना नियन्त्रणमा स्थानीय जनसमुदायको साथ र सहयोग मिलेको वडाध्यक्ष अर्यालले बताए ।
गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीले बिरामी सुताउने बेड सेट ३ थान, अक्सिजन ३ थान, अक्सिजन फ्लोमिटर २ थान, अक्सिजन माक्स ५ थान, फेस सिल्ड १५ थान र अक्सिजन सिलिन्डर ठूला २ थान सिमिचौर स्वास्थ्य चौकीलाई सहयोग गरिएको गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीका सचिब कृष्ण बहादुर कार्कीले बताए । सिमिचौर स्वास्थ्य चौकीलाई आगमि दिनमा पनि सहयोग गरिने सचिब कार्कीले बताए ।
गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीका कोषाध्यक्ष रमेश पाण्डेले सिमिचौर स्वास्थ्य चौकीलाई सहयोग गर्न सहयोग गर्नुहुने दाता प्रति धन्यवाद दिए । सिमिचौर स्वास्थ्य चौकीलाइ एम्बुलेन्सको आवश्यकता रहेको हुदाँ १० र ११ वडालाई समेट्ने गरी एम्बुलेन्स संचालनमा सहयोग गरिने कोषाध्यक्ष पाण्डेले बताए ।
स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीलाई यो महामारीको समयमा सहयोग गरी थप उर्जा प्रदान गरेकोमा सिमिचौर स्वास्थ्य चौकी प्रमुख शोभारानी घर्तीले धन्यवाद दिइन् ।
उक्त सामग्रीमा अक्सिजन सिलिन्डर एउटा झविन्द्र बस्नेतले सहयोग गरेका हुन् । उनी अहिले रोजगारको शिलशिलामा दक्षिण कोरिया रहेका छन् । सिमिचौर स्वास्थ्य चौकीलाई १ लाख ३५ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । गुल्मी सिमिचौर सम्पर्क समाज रुपन्देहीले सिमिचौरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थिलाई शौक्षिक सामग्री वितरण गरेको छ । भने बार्षिक रुपमा संस्थाले रक्तदान कार्यक्रम पनि गर्दै आएको छ ।

SHARE