
सुनिल न्यौपाने
जेठ९,२०७८रुपन्देहीः २०७३ सालमा गुल्मीको मुसिकोट(३ जलुकेमा स्थापना भएको समाबेशी बाल क्लब परिमार्जन भै समावेसी युवा क्लब मुसिकोट गुल्मी मा रुपान्तरण भएको छ ।
सस्थापक सदस्यको अनलाइन बैठक बाट क्लबका वरिष्ठ सल्लाह दुर्गा बहादुर खड्कालाई समाबेशी युवा क्लब मुसिकोट गुल्मीको अध्यक्षमा निर्विरोध चयन गरिएको छ । उक्त समबेशी बाल क्लब २०७३ सालमा स्थापना भइ समाजमा सकारात्मक काम गर्दै आएको र अब थप नयाँ योजनाका साथ बाल क्लबलाई परिमार्जन गरि युवा क्लब बनाइएको क्लबले जनाएको छ।
आइतबार युवा क्लबको अध्यक्ष मात्र चयन गरिएको अन्य आवस्यक कार्यसमिति जोड्ने जिम्मा नव नियुक्त अध्यक्ष खड्कालाई दिइएको र सदस्यमा बसेर काम गर्न चाहेमा मुसिकोट नगरपालिका ३ वडा भित्र रहनेलाई क्लबमा सदस्यता दिने अध्यक्ष दुर्गा खड्काले जानकारी दिए।
क्लबलाई चाडै नगरस्तरीय बनाउने योजना रहेको र योजना सफल हुदा मुसिकोट नगरपालिकालाई फाइदा हुने भएकोले अध्यक्ष खडकाले क्लबमा जोडिन आग्रह गरे।








