गुल्मी काँग्रेसले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रममा विभिन्न व्यक्तिबाट सहयोग

0
304

गुल्मी, जेठ ८ । नेपाली काँग्रेस गुल्मीले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । नेपाली काँग्रेसका विभिन्न नेता तथा महिला नेतृहरुले १ लाख ९५ हजार २१ रुपैयाँ सहयोग गरेका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवम् महिला नेतृ अमृतादेवी कुँवरले स्वर्गीय श्रीमान भेषबहादुर कुँवर ‘प्रयासी’ को सम्झनामा १० हजार सहयोग प्रदान गरेकी छिन् । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अध्यक्ष एवम् नेपाली कांग्रेस गुल्मीका आमन्त्रित जिल्ला सदस्य सुनिता कुँवरद्वारा संकलित ६० हजार सहयोग प्रदान गरिएको छ ।

नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समिति कोषाध्यक्ष एवम् महिला नेतृ निर्मला केसीले स्वर्गीय आमाको सम्झनामा रु। ५० हजार सहयोग प्रदान गरेकी छिन् । नेपाली काँग्रेसका नेता छत्रकोट निवासी हाल बुटवलमा रहेका शंकर टण्डन र महिला नेतृ सावित्रा टण्डनले ५० हजार सहयोग प्रदान गरेका छन् ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं।–८ स्थायी ठेगाना भइ हाल बेलायतमा रहेका रामप्रसाद सापकोटाले आमा नर्मता सापकोटाको सम्झनामा रु। २० हजार २१ रुपैयाँ सहयोग गरेका छन् । सत्यवति गाउँपालिका अस्लेवा घर भइ हाल पोखरामा होटल व्यवसायी गर्दै आएका डिल्लीराज पाण्डेले रु। ५ हजार सहयोग प्रदान गरेका छन् ।

नेपाली कांग्रेस गुल्मीले जिल्ला अस्पताललाई अक्सिजन उपलब्ध गराउने प्रयोजनका लागि सहयोग गरिएको बताइएको छ । यसरी सहयोग प्रदान गरेको प्रति नेपाली काँग्रेका विभिन्न नेता तथा महिला नेतृहरुलाई सभापति श्रेष्ठले धन्यवाद व्यक्त गरे । जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि गुल्मी कांग्रेसले यस अघि नै अस्पताललाई ५० वटा अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराएको थियो ।

SHARE