औषधी व्यवसायी संघ गुल्मीद्धारा गुल्मी अस्पताललाई अक्सिजन कन्सन्टेटर

0
307

सूर्य सुनार
जेष्ठ ०८ गुल्मी :नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीले गुल्मी अस्पताललाई एक थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ ।
शनिबार गुल्मी अस्पालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल र औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीका अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रुपमा मेसु डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् । जिल्लामा रहेका औषधी व्यवसायीबाट आर्थिक रकम संकलन गरी अक्सिजन कन्सन्टेटर प्रदान गरिएको हो ।
औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष शेरबहादुर थापाले गुल्मी अस्पतालमा कोरोना संक्रमित व्यक्तिको जीवन रक्षा गर्न खट्ने स्वास्थ्यकर्मी लाई धन्यवाद दिए । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट निर्माणको काम अगाडि बढाएकोमा धन्यवाद दिए । जसले गर्दा जनताको जिवन रक्षा गर्न नेपाल पत्रकार महासंघ गुल्मीले सरकारको ध्यानआकर्षण गराउने काम गरेको उल्लेख गरे ।

गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले यो महामारीमा नेपाल औषधी व्यवसायी संघ गुल्मीले जनताको जीवन रक्षा गर्न माहान काम गरेको बताए । कोरोना भाइरसको द्रोस्रो लहर पहिलेको भन्दा बढी संक्रमण हुने र खतरा भएको हुदाँ आवश्यक स्वास्थ्य सुरक्षाका मापण्ड अपनाउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले यो महामारीमा सबै एकजुट भएन् लाग्नु पर्ने बताए । औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीलाई अध्यक्ष अर्यालले अक्सिजन कन्सन्टेटर सहयोग गरेकोमा धन्यवाद दिए ।

औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीका अध्यक्ष महेश कुमार श्रेष्ठले अस्पतालमा केही भएपनि सानो सहयोग गरेको बताए । अस्पताललाई आवश्यक सहयोग आगमी दिनमा पनि गरिने बताए ।

SHARE