गुल्मीमा आज थप १५३ जनाले कोरोना जिते

0
234

सन्तोष महतारा
गुल्मी, ०८ जेठ : गुल्मीमा आज थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ५६ जनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।
आज जिल्लाका बिभिन्न स्थानका १ सय ५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाकी ५६ वर्षकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ६४ जनाले ज्यान गुमाएका छन् ।

आज जिल्लाको गुल्मीदरवार गाउँपालिकामा १९ जना, इस्मा गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका ९ जना, रेसुङ्गा नगरपालिका, सत्यवती र छत्रकोट गाउँपालिकाका ३÷३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । साथै कालीगण्डकी गाउँपालिका २ जना र धुर्कोट गाउँपालिकाका र मुसिकोट नगरपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आज मालिका, मदाने र चन्द्रकोट गाउँपालिकाका कुनै ब्याक्तीको कोरोना परिक्षण गरिएको छैन ।

आज सम्म गुल्मीका कुल ५ सय ९३ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३५ रहेको छ ।

SHARE