अक्सिजन प्लान्ट अभियानमा बनस्थली समाजको ५१ हजार सहयोग

0
306

हुमाकान्त पोखरेल
जेठ८,२०७८ गुल्मीः नेपाल पत्रकार महासंघ, जिल्ला कार्यसमिति गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा गुल्मी बनस्थली सम्पर्क समाजले ५१ हजार सहयोग गरेको छ ।
पत्रकार महासंघले सुरु गरेको अभियान सकारात्मक र गरिब तथा विपन्न परिवारको पक्षमा रहेको भन्दै समाजले ५१ हजार १११ सहयोग गरेको सचिव दिनेश पोखरेलले जानकारी दिए । गल्मी बनस्थली समाज, गुल्मीका विभिन्न ठाउँबाट काठमाडौंको बनस्थली क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले बनाएको संस्था हो ।
संस्थाका सचिव पोखरेलले आफुहरु विभिन्न कारणले बसाइसराई गरेर काठमाडौं गएपनि मन भने जन्मथलोमै रहेकोले सहयोग गरेको बताए । त्यसका साथै उनले अब सकेसम्म छिटो अक्सिजन प्लान्टको काम सुरु गर्नुपर्ने बताए । पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अक्सिजनकै अभावकै कारणले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अक्सिजन प्लान्ट अभियान सुरु गरिएको बताए ।
त्यसका साथै उनले अभियानमा साथ दिएर आर्थिक सहयोग गर्ने गुल्मी बनस्थली समाजलाई धन्यवाद् दिए । गुल्मी बनस्थली समाजमा हाल १५२ जना आजिवन सदस्य छन् ।

SHARE