कोरोना रोकथामका लागि आफूखुसी रकम जम्मा नगर्न गुल्मी प्रशासनको आग्रह

0
254
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ८,२०७८गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले कारोना उपचार तथा रोकथामका लागि आफूखुसी रकम जम्मा नगर्न आग्रह गरेको छ ।
जिल्लामा कोरोना नियन्त्रणका लागि भन्दै आफू खुसी रकम जम्मा गर्ने गरेको सूचना आएको भन्दै यसलाई तत्काल रोक्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
यदि कसैले प्रशासनको निर्देशन नमानी रकम जम्मा गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।
यदि कसैलाई स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा राष्ट्रिय बाणिज्य बैंक सिंहदरबारको शाखामा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

SHARE