कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोना , दुईको मृत्यु, ९१ मध्ये ७४ संक्रमित

0
302
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

हुमाकान्त पोखरेल
जेठ ७,२०७८ गुल्मीः गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ ।
कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ मा १८ गते गरिएको बिवाह भोजपछि गाउँलेहरुलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षक समेत रहेका ५० बर्षिया पुरुषले १७ गते छोराको बिवाह गराइदिए । दुलही लिन स्याङ्जाको गल्याङ् नगरपालिकाको कपर्दीमा वडासदस्य बम बहादुर पहराई सहित ३० जनाको समुह जन्ति बनेर गयो । सरकारले चैत १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥र्यो ।
प्रशासन कार्यालय, गुल्मीले पनि त्यसभन्दा पहिले नै पटक–पटक सुचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यौ । तर कालिगण्डकी गाउँपालिका –५ का जनप्रतिनिधि र स्वयम् परिवारले उक्त आग्रह मानेन । १८ गते कालिगण्डकीको वडा नम्बर ३, ४ र ५ का गरी पाचँ सयजति सामुहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । तर अध्यक्ष, उपाध्यक्ष गएनन । वडाध्यक्ष आफु गएनन्, परिवारलाई भोजमा पठाए । बिहेको ४÷५ दिन अगाडी सामग्री किन्नको लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताउछन् ।
२१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्ने लगायतका समस्या देखिन थाले । थप उपचारको लागि परिवार र छिमेकीले बुटबल जान भनेपछि उनले मानेनन् । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्य चौकीमा जाचँ गराउन गए । एन्टिजेन्ट जाचँ गराउदा नेगेटिभ आएपछि पि.सि.आर.को लागि स्वाब संकलन गरेर तम्घास पठाइयो ।
जेठ १ गते १० बजेपछि श्वास प्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो । पुर्तिघाट स्वास्थ्य चौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजि अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पि.सि.आर्. रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केहि दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ बर्षिय महिलाको पि.सि.आर्.को लागि स्वाब लिइ परीक्षणको लागि तम्घास पठाइएको थियो । उनी १८ गतेको बिहेभोजमा सहभागि थिइन् । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उनलाई श्वास प्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याएपनि ज्यान गएको वडासदस्य बोम बहादुरले बताए ।

८१ प्रतिशत गाउँलेमा कोरोना
कोरोना महामारीमा गरिएको बिहेभोजपछि स्थानीयमा लक्षण देखिन सुरु गरेका वडासदस्य बोम बहादुर बताउछन् । स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपको लागि लाइन खन्ने काम जारी थियो ।
३० जनाजति सहभागि उक्त कार्य चल्दै गयो । एकातर्फ ठुलो सङ्ख्यामा बिहे भोजमा उपस्थित हुनु र अर्कोतफ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङ्गमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोम बहादुरले बताए । स्थानीयमा कोरोनाका मिल्दाजुल्दा लक्षणहरु देखिन सुरु गरेपछि जेठ २ गते ९४ जनाको स्वाब संकलन गरियो ।
जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ जना अर्थात ८१ प्रतिशत नागरिक कोरोना संक्रमित भएको कालिगण्डकी गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्र बहादुर थापाले जानकारी दिए । संक्रमितमध्ये ३१ जना पुरुष र ४३ महिला छन् । दुई बर्षको बच्चादेखि ७१ बर्षको नागरिकसम्मलाई कोरोना संक्रमण भएको थापाले बताए । गाउँलेहरुलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिकहरु बढी आत्तिएपनि गाउँपालिकाबाट समस्या समाधानको लागि कुनै पहल नभएको गुनासो गरे ।

संक्रमितकोे अन्त्यष्टि स्थानीयबाट
मृत्यु भएका दुईजनालाई नै राति तीनबजेदेखि बिहान ८ बजेसम्मको समयमा स्थानीयले पूर्घिघाटमा अन्त्यष्टि गरे । दुईजनामध्ये पुरुषको रिपोर्ट साँझपख नै आएको थियो भने अर्की महिलाको रिपोर्ट आइसकेको थिएन् । गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्र बहादुर थापाले गाउँपालिकाले पिपिई दिने र स्थानीयले नै अन्त्येष्टि गर्ने भनेपछि स्थानीयले दुई शवको अन्त्येष्टि गरे । जसमध्ये पुरुषको शव जलाउदा पिपिई लगाएपनि महिलाको शव जलाउदा भने कसैले पनि पिपिईको प्रयोग नगरिकन अन्य अवस्थामा जस्तै अन्त्येष्टि गरेको वडासदस्य पहराईले बताए ।
पालिका नै नियम कार्यान्वयनको बाधक
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राज्यको निर्देशनको पालिकाले नै कार्यान्वयन नगर्दा समस्या बल्झिएको प्रतिक्रिया दिइन् । बढी जमघट भएको सुचना आएसम्म त्यस्तो कार्य नगर्न प्रशासनले प्रहरी परिचालन गर्नेगरेपनि सुचना नै नआउदा समस्या आएको बताइन् । जिल्लाका अन्य ठाउँमा छिमेकीले सुरक्षाका सामग्रीबिनै शव अन्त्येष्टि गरेको बिषयमा उनले शव नेपाली सेनाले व्यवस्थापन गर्ने र परिवारले गर्नु नपर्ने सहमति भएको जानकारी दिइन् ।

SHARE