माओवादी केन्द्रकी नेतृ हरिसरा घर्तीको संक्रमणबाट मृत्यु

0
665

जेठ७,२०७८ रोल्पा : कोरोनाका कारण नेकपा ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिसरा घर्तीमगरको मृत्यु भएको छ। घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।

माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत संघसंस्थामार्फत सामाजिक सेवामा पनि आवद्ध थिइन्। कोरोना संक्रमणपछि उनलाई गत जेठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिस गरिएको थियो। बेलझुण्डी अस्पतालमा उपचाररत घर्तीको बिहान ५ बजे मृत्यु भएको नेकपा ९माओवादी केन्द्र०का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए ।

SHARE