सुनकोशी नदीमा बालक बेपत्ता

0
202

जेठ६,२०७८ ओखलढुङगा : सुनकोशी गाउँपालिका–१ मा सुनकोशी नदीले बगाउँदा एक जना बालक बेपत्ता भएका छन्।

स्थानीय १३ वर्षीय कुशल राई नदीले बगाउँदा बेपत्ता भएका हुन्। बिहीबार बिहान ९ बजेतिर तीन जना साथीहरुसँग मिलेर पौडी खेल्न नदीमा गएका राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिए।

बेपत्ता राईको प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

SHARE