कोभिड न्युनिकणमा प्रदेश सरकार केन्द्रित: स्वास्थ्य मन्त्री

0
432

सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ जेठ : लुम्बिनी प्रदेश सरकार कोभिड १९ न्युनिकरणमा केन्द्रित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बताएका छन् ।
उनले लुम्बिनी प्रदेशमा पछिल्लो समय कोभिड भेरियन्ट न्युनिकरण हुदै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि धेरै प्रयत्न भइरहेको, कोभिडको खतराबाट बच्नको लागि प्रदेश सरकारले दीर्घकालिन हिसाबले योजना बनाइरहेको दाबी गरे ।
अल्पकालिन, तत्कालिन र दीर्घकालिन हिसाबले योजना बनाइरहेको बताउदै स्वास्थ्य मन्त्री श्रेष्ठले अहिलेको परिवेशमा कोभिड नियन्त्रण नै प्रमुख दायित्व रहेको बताए ।
स्वास्थ्य मन्त्रीमा नियुक्त भएपश्चात आफ्नो जन्मथलो पाल्पाको रामपुरमा पुगेका मन्त्री श्रेष्ठले प्रदेशमा अहिलेको अक्सिजनको माग झण्डै तीन हजार पाँच सय सिलिण्डर रहेको छ तर हामी संग प्रदेशमा उत्पादन झण्डै दुई हजार एकसय सिलिण्डर रहेको र एक हजार चार सय अझै अपुग रहेकाले त्यसको आपूर्तिका लागि बाहिरबाट समन्वय गरेर ल्याउने योजना भइरहेको बताए ।
“काठमाण्डौँ, बीरगन्ज लगायतका शहरमा पनि कोभिडको महासंग्राम रहेको छ, अन्तबाट ल्याउने सम्भावना पनि कम छ, तैपनि हामीले ल्याउने कोशिस गरिरहेका छौँ, हामीसंग भएको उत्पादनलाई चक्रको हिसाबले दुई÷दुई घण्टा मान्छे कसरी बचाउन सकिन्छ भन्ने हिसाबमा हाम्रो संयन्त्र लागि परिरहेको छ” मन्त्री श्रेष्ठले भने ।
अहिले सबै स्थानीय सरकारले कोभिड १९ नियन्त्रणको हिसाबले नागरिकको जीवनलाई हरतहबाट सहयोग पु¥याउन आर्थिक व्यवस्था गर्ने, स्रोतको परिचालन गर्ने काममा सबैको ध्यान केन्द्रित गर्न अनुरोध गरे ।
उनी भन्छन्, “लुम्बिनी प्रदेश सरकारमा अहिले हाम्रो रु ६० करोडको वजेट मैले प्रस्तुत गरेर तीन महिनाको लागि झण्डै ५७ करोड त अर्थ मन्त्रालयबाट स्वीकृत भएर आइसकेको छ” ।

कोभिड अस्पताल, रामपुर अस्पतालको पचास शैयाको निर्माणाधीन भवन, पन्ध्र शैयाको आयुर्वेद अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले पाल्पा जिल्लामा जिल्ला अस्पताललाई अक्सिजन प्लान्टको निम्ति रु एक करोड पचास लाख वजेट उपलब्ध भएको बताए ।
उनले कोभिड रोकथाम र सङ्क्रमित बिरामीको उपचारको निम्ती अरु एचडियु प्लान्टको लागि पनि रकम आइसकेको जानकारी दिए ।
अब विकास निर्माणका पूर्वाधारका काम होइन, जनताको जीवन र स्वास्थ्य संग जोडेर कोभिड न्युनिकरणको कार्यमा भरपुर लाग्नुपर्ने समय रहेको हुदा प्रदेश सरकार यसमै तल्लिन रहेको दाबीे गरे ।
विषम परिस्थितीमा ठुला काम होइन सानो काम गरेर पनि जनताको जीवन रक्षा गर्नु, जनतालाई विश्वास दिलाउन सक्नु र जनताबाट आएका आलोचनालाई सकारात्मक र नकारात्मक पहिचान गरी राम्रो काम गर्दै जाने उनले बताएो ।
विभिन्न सामग्री, अक्सिजन खरिदका लागि रामपुर अस्पताललाई रु पन्ध्र लाख प्रदेश सरकारबाट प्रदान गरिएको जानकारी दिदै अस्पतालमा संचालित कोभिड अस्पतालको लागि दिनमा कम्तिमा पनि एक सय सिलिण्डर माग परिपूर्तिका लागि उपयुक्त प्रस्ताव माग गरे ।
साथै उनले एचडियु प्लान्टको लागि पनि स्थानीय सरकार संग जोडेर योजनाबद्ध ढंगले प्रस्तुत गर्न अनुरोध गरे । कोरोना सङ्क्रमितले नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहन अनुरोध गर्दै मन्त्री श्रेष्ठले एकले अर्कोलाई यस विषम परिस्थितीमा सहयोग गरी स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरी घरभित्रै बसेर कोरोना न्युनिकरण गर्न सकिने बताए ।
कोभिडको चुनौती सामना गर्नका लागि सामाजिक अगुवा, पत्रकार, स्थानीय सरकार, सबै कर्मचारीहरु एकत्रित भएर लाग्नुपर्ने बताउदै स्वास्थ्य मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कोभिडबाट सजग रहन सबै नागरिकमा अनुरोध गरे ।

SHARE