बर्दघाटमा बस दुर्घटना चारजनाको मृत्यु, ४९ जना घाइते

0
476

जेठ५,२०७८नवलपरासी : पूर्व पश्चिम राजमार्गको बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्यु र ४९ जना घाइते भएका छन्।

घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छन्। मृतकको पहिचान भएको छैन।

SHARE