धुर्कोट युवा सञ्जालमा २ दिनको अबधिमा ३० हजार संकलन

0
397

जेठ४,२०७८ गुल्मीः धुर्कोट युवा संजालद्धारा दुई दिनको अबधिमा ३० हजार आर्थिक संकलन गरिएको छ ।
बिपद माहामारी लगायत धुर्कोट गाउपालिका भित्र विभिन्न समयमा आइपर्ने समस्याहरु लाई पहिचान गरि पालिकासङ समन्वय गरि समाधानमा सहयोग गर्ने उदेश्यले धुर्कोट गाउपालिका भित्र र देश बिदेशमा रहनुभएका युबाहरुको सक्रियतामा धुर्कोट युबा सन्जालको गठन गरिएको हो।

कोरोना माहामारी बढे सङै स्थानीय सरकार सङ भएको सिमित स्रोत र साधनले धान्न नसक्ने परिस्थितिको आकलन गर्दै सामाजिक, आर्थिक र भौतिक रुपमा सहयोग गर्ने उदेश्यले सामाजिक सन्जाल मार्फत उक्त संजालको गठन गरिएको हो । उक्त अभियानमा २ दिन मा नै करिब ३० हजार आर्थिक संकलन भएको छ ।
धुर्कोट गाउँपालिका वडा न। ६ किमुखर्क निवासि हाल बुटवल निवासि सामाजिक अभियान्ता, समाजसेवि, राजेन्द्र घिमिरेले नगद रु ७ हजार ५ सय ५ रुपैया सहयोग गरी अभियानमा जोडिनु भएको छ । त्यस्तै धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा निवासि धुर्कोट गाउँपालिका पुर्व कर्मचारी हाल छत्रदेव गाउँपालिका अर्घाखाँचिका पशु तथा विकास शाखा प्रमुख अशोक खनालले नगद रु ५ हजार सहयोग गरे । त्यस्तै धुर्कोट गाउँपालिका रजस्थल हाल रिडर्स बोर्डिङ् हाइ स्कुल तम्घासका प्रशासकिय प्रमुख पुस्कर खड्काले नगद रु ५ हजार सहयोग गरेका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिका वडा न। ६ किमुखर्क निवासि कृष्ण केसिले नगद रु ५ हजार सहयोग गरी अभियानमा जोडिएका छन् । त्यस्तै धुर्कोट गाउँपालिका वडा न। ७ वाग्ला निवासि हाल बुटवलमा बसोवास गर्ने राजेन्द्र घिमिरेले ५ हजार सहयोग गरे ।
बड्दो कोभिड सक्रमण रोकथामको लागि सामाजिक उत्तरदायित्व प्रती सचेत हुँदै धुर्कोट गाउपालिका भित्र तिब्र गतिमा बढिरहेको कोरोना भाइरस नियन्त्रणको लागि धुर्कोट गाउपालिकाले गरिरहेको कार्यहरुलाइ सहयोग गर्ने उदेश्यका साथ अभियान सञ्चालन गरिएको हो ।
अभियान लाई व्यवस्थित गर्नको लागि सनराइज बैक बर्बोट शाखामा खाता सन्चानल गरिएको छ। धुर्कोट बासिलाइ कोभिड सक्रमणबाट बचाउनको लागि सम्पुर्णमा सक्दो आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।

SHARE