अक्सिजन अभियानमा जुट्न लोक दोहोरी प्रतिष्ठान गुल्मीको आग्रह

0
278

हुमाकान्त पोखरेल
जेठ४,२०७८गुल्मीः गुल्मीमा संचालन भइरहेको अक्सिजन प्लान्ट निर्माण अभियानमा जुट्न गुल्मीको लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले आग्रह गरेको छ ।
सोमबार संस्थाका अध्यक्ष बसन्त खत्री र सचिव भुवन भुसालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार महासंघ, गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट निर्माण अभियानमा सघाउन सबैलाई अपिल गरेको छ ।
अक्सिजनकै अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले संचालन गरिएको उक्त अभियानलाई सघाउनु र अभियान सँगसँगै हातेमालो गर्नु आफुहरुको दायित्व भएको अध्यक्ष खत्रीले बताए । उक्त कार्यको लागि संस्थाले केही रकम संकलन गरिसकेको र जिल्ला भित्र र बाहिर रहने कलाकारहरुलाई प्लान्ट निर्माणको लागि आर्थिक रकम लोक तथा दोहोरी गित प्रतिष्ठानमार्फत संकलन गर्न आग्रह गरेको छ ।

SHARE