हुमाकान्त पोखरेल
जेठ३,२०७८ गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अक्सिजन प्लान्ट स्थापनाको अभियानमा अर्जुन आवासिय माध्यमिक बिद्यालयले २५ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।
सो रकम सोमबार बिद्यालयका प्रधानाध्यपक रबिचन्द्र बिष्टले पत्रकार महासंघका जिल्ला कार्यसमिती सदस्य हुमाकान्त पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
पछिल्लो चरणमा महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसबाट बच्नको लागि पत्रकार महासंघ गुल्मीले थालेको अभियान उत्कृष्ट रहेकोले सामाजिक उत्तर दायित्व अन्र्तगत बिद्यालयले सहयोग गरेको बिष्टले बताए।
नगद हस्तान्तरण कार्यक्रममा महासघ सदस्य पोखरेलले अक्सिजन अभाबका कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर अभियान संचालन गरेको दाबी गरे । साथै यस अभियानमा देश तथा बिदेशबाट रकम संकलन भईरहेकोले उक्त रकमबाट जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्ने उद्येश्य रहेको स्पस्ट पारे । यस अभियानमा सबैले सहयोग गर्नका लागि देश तथा बिदेशमा रहने सम्पुर्णलाई आग्रह गरे ।