गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ सम्म थप

0
683
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ३,२०७८ गुल्मी :गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म लम्बिएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ चार गते (भोली) राती १२ बजे सकिदैछ ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्र्तगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २०६ जना उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

SHARE