गुल्मीमा कोरोना संक्रमणका कारण एकैदिन नौ जनाको मृत्यु

0
518

जेठ २,२०७८ गुल्मी :गुल्मीमा कोरोना संक्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ बर्षकी महिलाको तम्घास अस्पताल , रेसुंगा एककी ६६ बर्षकी महिलाको चितवन मेडिकल कलेज चितवन , रेसुंगा नगरपालिका १२ का २७ बर्षका पुरुषको उपचारका क्रममा पाल्पा लैजादै गर्दा एम्बुलेन्समै मृत्यु भएको र रेसुंगा ७ का ६४ बर्षका पुरुषको चितवनमै उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङका ५१ बर्षका शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कालीगण्डकी गाउँपालिका वडा नम्वर चारमा रहेको जिवनोद्धार माध्यमिक बिद्यालयका शिक्षक हुन ।
सत्यवती गाउँपालिका वडा नम्वर ७ का ८० बर्षका पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका वडा नम्वर तीन का ८१ बर्षका पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर २ का ३२ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पापामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ बर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
गुल्मीमा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको र अहिले सक्रिय संक्रमितको संख्या ९३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्कीले जानकारी दिए।
गुल्मीमा हालसम्म २०६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

SHARE