पत्रकार महासंघ गुल्मीको अभियानमा पूर्वमन्त्री बिष्टले १० लाख दिने

0
411

जेठ२,२०७८ गुल्मी :गुल्मी क्षेत्र नम्वर दुईका सांसद तथा पूर्व मन्त्री गोकर्णराज बिष्टले अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइदिने बताएका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीको अभियानमा तम्घास अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टको कार्य स्वागत योग्य भएकाले आँफूले १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइदिने सामाजिक संजाल मार्फत जनाएका छन् । यस अभियानमा सबैले सहयोग गर्न र एकजुट भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।

SHARE