पूर्व मन्त्री विष्टले पठाए गृहजिल्लामा ४५ अक्सिजनका सिलिण्डर

0
251

हुमाकान्त पोखरेल
जेठ१,२०७८ गुल्मी : पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले गृह जिल्ला गुल्मीमा ४५ वटा अक्सिजनका सिलिण्डर पठाएका छन् ।
जसमध्ये १५ वटा काठमाडौबाट पहिले नै भरेर आएका थिए भने बाँकी ३० वटा शनिबार तम्घास आइपुगेका छन् । ३० सिलिन्डरमा बुटबलमा अक्सिजन भर्न सम्भव नभएपछि पोखरा लगेर अक्सिजन भरिएको नेकपा एमाले गुल्मीका नेता गणेश श्रीपालीले बताए ।
पठाएका अक्सिजन सिलिणडरमध्ये १० वटा गुल्मेली सहयोगी मनको तर्फबाट र बाँकी ३५ वटा विष्टले नै प्रदान गरेको श्रीपालीले बताए । जिल्ला आएका सिलिण्डर सबै तम्घास अस्पताललाई प्रदान गरिएको छ ।
अक्सिजन आएसँगै अहिले धेरै बिरामीलाई सेवा दिन सकिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले अस्पतालमा अक्सिजन दिएर उपचार गर्नुपर्ने ३७ जना कोरोना संक्रमित बिरामी छन् । अक्सिजन आएसँगै अहिले उपचारमा थप आत्मबल बढेको र सहज भएको डा. पच्याले बताए

SHARE