बैशाख३१,२०७८ गुल्मीःनेपाली कांग्रेस गुल्मीले ५० थान अक्सिजन सिलिण्डर तम्घास अस्पताललाई हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको समयमा बिरामीहरु अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन नपरोस भनेर ५० थान भरिएका अक्सिजन सिलिण्डर तम्घास अस्पताललाई प्रदान गरेको नेपाली कांंग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
अहिले यस माहामारीमा अक्सिजनको अभाब भएको महसुस गरेर आँफूहरुले संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका निम्ती लागी परेको श्रेष्ठले बताए ।
यता अक्सिजन अभाबको समयमा ५० थान अक्सिजन सिलिण्डर प्राप्त भएपछि बिरामीहरुको उपचारमा ठुलो राहत मिलेको तम्घास अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए ।
अस्पतालमा अहिले कोभिडका २८ जना बिरामीहरुलाई अक्सिजन दिएर उपचार गरिरहेको डाक्टर पच्याले बताए ।