संक्रमणका कारण शिक्षकको मृत्यु भएपछि वडा सिल

0
357

बैशाख३०,२०७८ गुल्मीः कोरोना संक्रमणका कारण शिक्षकको मृत्यु भएपछि मुसिकोट नगरपालिकाको वडा नम्वर सातलाई सिल गरिएको छ ।

थप संक्रमण फैलिन नदिनका लागि एक हप्ता वडालाई सिल गरिएको वडा अध्यक्ष प्रकाश काफलेले जानकारी दिए । एक हप्ताको समय अबधिमा अनावश्यक रुपमा हिडडुल नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण पालना गर्नका लागि वडाबाशीहरुलाई आग्रह गरिएको छ ।
मुसिकोट नगरपालिका वडा नम्वर ७ का ५५ बर्षका शिक्षकमा २० गते कोरोना संक्रमण भई २४ गते चितवन मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको थियो । उनको उपचारको क्रममा २९ गते मृत्यु भएको थियो । जिल्लामा संक्रमणका कारण पछिल्लो चरणमा ३१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE