गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुन :संचालनमा

0
220

हुमाकान्त पोखरेल
बैशाख ३०,०७८ गुल्मी :संंचालनमा आएको पाचँ महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुन :संचालनमा आएको छ ।
जिल्लाका पालिकाहरुको आर्थिक सहयोगमा बुधबारबाट प्रयोगशाला संचालनमा आएको हो । गत बर्षको असौज १ गतेबाट संचालनमा आएको प्रयोगशाला स्थानीय तहहरुले कबुल गरेको रकम नदिदा फागुन ८ गतेबाट बन्द भएको थियो ।
अहिले पालिकाहरुले कबुल गरेको र अन्य थप रकम समेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुन :संचालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए । अहिले प्रत्येक गाउँपालिकाले दुई÷दुई लाख तथा नगरपालिकाले तीन÷तीन लाख गरी कुल २६ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको पराजुलीले जानकारी दिए ।
प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर संचालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीहरुले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला संचालनमा ल्याइएको हो । पहिलो दिन विभिन्न पालिकाहरुबाट एक सय जति स्वाब आउने ल्याब टेक्नोलोजिष्ट के.पी. भण्डारीले जानकारी दिए । प्रयोगशालामा दैनिक तीन सय स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताए ।

SHARE