महासंघको भबनमा अक्सिजन सहित पाँच शैयाको आइसोलेशन वार्ड

0
678

तिलाचन पाण्डे
बैशाख२९,२०७८गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखाले महासंघको भबनमा अक्सिजन सहित पाँच शैयाको आइसोलेशन वार्ड निर्माण गरेको छ ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारहरु पनि अक्सिजन सहितको आइसोलेशन नपाएर छट्पटाउन नपरोस भनेर अक्सिजन सहितको आइसोलेशन वार्ड निर्माण गरिएको महासंघ गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।
अक्सिजन सहितको आइसोलेशन वार्ड शुभलक्ष्मी फर्माका संचालक होम पल्लीले निर्माण गरिदिएक हुन्। आँफूले समाजिक क्षेत्रमा केही गरौँ भन्ने उद्येश्यले अक्सिजन सहितको आइसोलशन वार्ड निर्माण गरिदिएको पल्लीले बताए । यस्तै रेसुङगा नगरपालिकाले पनि आइसोलेशन ब्यबस्थापनमा सहयोग गरेको छ ।

पत्रकार महासंघको भबनमा निर्माण गरिएको अक्सिजन सहितको आइसोलेशन वार्डबाट पत्रकारहरुका लागि पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ । शाखाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले यसरी महासंघले परोपकारी काम गरेको र समाजमा सकारात्मक सन्देश गएको बताए ।
यता नेपाल पत्रकार माहासंघ गुल्मीले जिल्लामा अक्सिजन अभाब हुन नदिनका लागि सहयोग अभियान पनि संचालन गरेको छ ।

SHARE