गुल्मीमा कोरोना संक्रमणका कारण शिक्षकको मृत्यु ,मृत्यु हुनेको संख्या ३१ पुग्यो

0
251

बैशाख२९,२०७८गुल्मी : गुल्मीमा कोरोना संक्रमणका कारण एक शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ५५ बर्षका शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गए राती मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए ।
उनमा २० गते कोरोना पोजेटिभ देखिएको र २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो । उहाँ महेन्द्र आदर्श माध्यमिक बिद्यालयका शिक्षक थिए ।
गुल्मीमा कोरोना संक्रमणका कारण ३१ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले ६४५ जना सक्रिय संक्रमित रहेको र आज सम्म १३८ जना संक्रमित उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

SHARE