बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

0
209

बैशाख २९,२०७८बाग्लुङ : ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा सवार एक महिला घाइते भएकी छन्।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा मंगलबार राति दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

वन्तका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन्। दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छन्। घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको छ।

SHARE