रेडियो धुर्कोटलाई पत्रकार महासंघ गुल्मीद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

0
296

वैशाख २८,२०७८ गुल्मी :सामुदायिक रेडियो धुर्कोट एफ्।एम्। १०२।२ मेगाहर्जलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको समन्वय तथा धुर्कोट गाउँपालिकाको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल, पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, वडा नम्बर ४ जैसिथोकका वडा सचिव सुवास पन्थी लगायतले रेडियोका निमित्त स्टेशन म्यानेजर बासुदेव पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघका कार्यसमिति सदस्य पोखरेलले सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीलाई कोभिडको उच्च जोखिम रहेको भन्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । उनले गुल्मी जिल्लाभरका पालिकाहरुसँगको समन्वयमा जिल्लाका सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने जानकारी दिए ।

SHARE