पर्वतमा आज रातिदेखि १० दिन निषेधाज्ञा

0
43

बैशाख २८,२०७८ पर्वत : कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएपछि पर्वतमा आजदेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ। मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो। यसअघि जिल्ला सदरमुकाम रहेको कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा मात्र लागु गरिएको थियो।

जिल्लाका ग्रामीण क्षेत्रमा समेत संक्रमितहरू भेटिँदै गएको र सवारी साधनहरू विभिन्न बहानामा ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्दा जोखिम उच्च बन्दै गएकले जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी सूचनामा उल्लेख छ।

SHARE