
बैशाख २६,२०७८गुल्मी :नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले कोरोना संक्रमितको उपचारमा गम्भीर बन्न आग्रह गरेको छ ।
शनिबार बसेको पत्रकार महासंघ, गुल्मीको बैठकले जिल्लाका सबै पालिका, तम्घास अस्पताल तथा स्वास्थ्य कार्यालयलाई संक्रमितको उपचारमा गम्भिर बन्न आग्रह गरेको हो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढी भएपनि उपचार नपाएरै बिरामीको मृत्यु हुने अवस्थालाई मध्यनजर गर्दै पत्रकार महासंघले यस्तो आग्रह गरेको शाखाका अध्यक्ष टोपलाल अर्यालले बताए ।
त्यसैगरी सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन निर्माण गर्न, सम्भव भए पालिकामै कोभिड अस्पतालको स्थापना गरी उपचार सुरु गर्न पनि महासंघले आग्रह गरेको हो ।
बैठकले लामो समयदेखि बन्द रहेको जिल्लाको कोरोना परीक्षण प्रयोगशाला पुनःसंचालनमा ल्याउनको लागि पनि आग्रह गरेको छ । ल्याब बन्द भएसँगै स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने बाध्यता भएको र यसले कोरोना संक्रमितको पहिचानमा समय लाग्ने र कोरोना फैलिने जोखिम रहेकोले छिटो ल्याब संचालन गर्न आग्रह गरिएको नि बर्तमान अध्यक्ष नबराज भुसालले बताए । जिल्लामा अहिले संक्रिय संकमितको संख्या ५१८ रहेको छ भने संक्रमणका कारण १८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।








