नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि दिने

0
396

बैशाख२६,२०७८गुल्मी : नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको बीपी स्मृति भवनलाई कोरोना आइसोलशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायीत्वलाई बहन गर्दै पार्टी कार्यालयलाई आइसोलेशन बनाउनका लागि उपलब्ध गराइने श्रेष्ठले बताए । साथै जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रलाई सोको आवश्यक ब्यबस्था मिलाउनका लागि पनि श्रेष्ठले आग्रह गरे ।

SHARE