गुल्मीमा शनिवार दुई संक्रमित बद्धको मृत्यु

0
216

तिलाचन पाण्डे
बैशाख २५,२०७८गुल्मी :गुल्मीमा एकै दिन (शनिवार) दुई जना संक्रमित बद्धको मृत्यु भएको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर पाँच इश्मा रजस्थलका ६५ बर्षिय बृद्धलाई उपचारका लागि सदरमुकाम तम्घासमा ल्याउँदै गर्दा मृत्यु भएको हो । तम्घास अस्पतालमा ल्याउँदा स्वास्थ्य कर्मीले उनलाई भेटन समेत नपाएको अस्पतालका पमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
गत बिहीबार उनमा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको थियो । स्वास्थ्यमा बढी समस्या देखिएपछि उनलाई तम्घास ल्याइएको थियो ।
यस्तै शनिवार साँझ सत्यवती गाउँपालिका वडा नम्वर चार साहाघाटका ८३ बर्षका बद्धको उपचारका लागि खैरेनी स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । शुक्रबार २४ गते एन्टिजेन परीक्षणमा उनमा संक्रमण भएको थियो । शबलाई स्वास्थ्य केन्द्रमा राखिएको र भोली ब्यबस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै कोरोना संक्रमित भई होम आइसोलेशनमा बसेका छत्रकोट तीनका ७६ बर्षका बृद्धको (शुक्रबार) राती मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
बैशाख २१ गते कोरोना पोजेटिभ देखिएका उनको गएराती घरमै मृत्यु भएको हो । यो संगै गुल्मीमा दोस्रो चरणको संक्रमणका कारण १८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ५१८ रहेको छ , शनिबार एकै दिन ७२ जनामा संक्रमण पुष्टि भएको छ भने शनिवार सम्म ५२ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE