गुल्मीमा एन्टिजेन कीटको अभाव

0
763
सांकेतिक तस्विर

हुमाकान्त पोखरेल
बैशाख २४,२०७८गुल्मी : गुल्मीमा कोरोना परीक्षणको लागि एन्टिजेन कीटको अभाव भएको छ । लुम्बिनी प्रदेशबाट आएको दुई हजार कीट सकिन थालेसँगै जिल्लामा कीट अभाव भएको हो । प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि पठाएको कीट गुल्मीको स्वास्थ्य कार्यालयले महामारीलाई मध्यनजगर गर्दै पालिकाहरुलाई पनि प्रदान ग¥यो । अहिले पालिकाले कीट खरिद गरेका छैनन भने स्वास्थ्य कार्यालयसँग खरिद गर्ने बजेट छैन । जसले गर्दा कीटको अभाव भएको छ ।
स्वास्थ्य कार्यालयले मुसिकोटलाई २५०, धुर्कोट, रुरुक्षेत्र र मदानेलाई दुई÷दुई सय कीट उपलब्ध गरायो । अन्य पालिकाहरुको लागि २५ देखि ७५ कीट स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ भने तम्घास अस्पतालको लागि सात सय कीट उपलब्ध गराएको छ । जसमध्ये छत्रकोटमा कीट सकिएको छ । स्वास्थ्य कार्यालयमा अब १२५ कीट मात्रै बँकी छ । तम्घास अस्पतालमा दैनिक ५० कीटसम्म खर्च हुन्छ ।
यही अवस्था निरन्तर रहिरहे बढीमा तीन दिनमा कीट सकिने स्वास्थ्य कार्यालय, गुल्मीका प्रमुख डा. भवानी शर्माले बताए । अब पालिकालाई कीट आवश्यक परे आफै खरिद गर्न पालिकाहरुलाई पत्राचार गरिएको शर्माको भनाई छ । आफुहरुले प्रदेश सरकारसँग कीटको माग गरेपनि आउने कुनै निश्चित नभएको शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहले आफै खरिद गर्नुपर्ने र संयोजन स्वास्थ्य कार्यालयले गर्ने बताइन् । अस्पतलको सन्दर्भमा नगरपालिकाले खरिद गर्नुपर्ने उहाँको भनाई छ । प्रशासनको विपत्को रकमबाट कीट किन्न नमिल्ने र पालिकाहरुले आफै खरिद गरेर प्रयोग गर्नुपर्ने बतइन्े । तर मालिका गाउँपालिकाका स्वास्थ्य अधिकृत बसन्तराज भुसालले एन्टीजेन्ट कीटभन्दापनि पिसिआर् ल्याब संचालन गर्नुपर्नेमा जोड दिए ।

SHARE