गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा थप , बैंक बित्तिय संस्थाहरु पनि बन्द रहने

0
959
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

बैशाख२४,२०७८ गुल्मी : गुल्मीमा जेठ ४ गतेसम्म थप निषेधाज्ञा जारीहुने भएको छ । शुक्रबार जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ४ गते सम्म निषेधाज्ञाको समय थप गर्ने निर्णण गरेको हो ।
यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ । थप गरिएको निषेधाज्ञा शनिवार राती १२ बजेदेखि जेठ ४ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रदबी शर्माले जानकारी दिइन् ।
निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लामा रहेको बैंक बित्तिय संस्थाहरु पनि पुर्ण रुपमा बन्द रहने छन् । थप गरिएको निषेधाज्ञालाई अघिको भन्दा कडाइका साथ लागु गरिने प्रशासनले जनाएको छ ।
जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ ।
बिवाह ,प्रयोजनका लागि शुभ बिवाह लेखिएको ब्यानर सहित बढीमा दुईवटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ । जिल्लामा संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

SHARE