गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु , आठ जना घाइते

0
275

बैशाख २४,२०७८ गुल्मी : गुल्मीमा शुक्रबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर चार दजाकोटमा उजिर गाहा र भीमश्री गाहाको घरमा शुक्रबार बिहान करिब सवा आठ बजे चट्याङ लागेर घाइते भएकी १८ बर्षकी करिष्मा गाहाको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै अन्य घाइतेहरुमा ६३ बर्षका उजुरसिंह गाहा ,६२ बर्षकी तथीकला ,३८ बर्षका तुलबहादुर , ४२ बर्षकी जुनी , १८बर्षकी मेलिना ,८ बर्षको जोनित ,३३ बर्षको चित्रबहादुरर २८ बर्षकी ज्योतीकला गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते मध्ये तुलबहादुर , जुनी, मेलिना र जोनितलाई थप उपचारका पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको र अन्य चार जनाको तम्घास अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

SHARE