प्रिय साथी सलाम छ

0
448

प्रिय साथी
स्वास्थ्यकर्मी योद्धा
तिमिलाई
फौजि योद्धाको सलाम छ ।

संग संगै हो
तिमि स्वास्थ्य सिपाहिमा भर्तिभएको
म फौजी सिपाहिमा भर्तिभएको
तिमिले सेतो वर्दि रोजेको
मैले हरियो वर्दि रोजेको
तिमिले
आला, कैचि अनि औषधि रोजेको
मैले
बम, बारुद अनि बन्दुक रोजेको
बाटो र तरिका फरक हो
आखिर
उद्धेश्य एउटै थियो
देश र देश वासिको सुरक्षा गर्ने
तिमी स्वास्थ्य सुरक्षाको लागि लड्छौ
म देश अनि जनताको सुरक्षाको लागि लड्छु

प्रिय साथि
एक समय
देश
बम बारुदको युद्धमा फसेको बेला
म युद्धमा परिचालित हुदा
तिमिले मलाई
हरेस खाना हुदैन भनेर हौसला दिन्थ्यौ
डराउनु हुदैन भनेर साहास दिन्थ्यौ
युद्धमोर्चामा
सहयोद्धाले विरगति प्राप्त गर्दा
युद्धको नियम हो
देशलाई आवस्यक पर्दा
वलिदान गर्नु पर्छ भनेर उत्साह दिन्थ्यौ
र त
देशको निम्ति वलिदान गर्न
वीर योद्धाहरु पछि परेनन्

प्रिय साथि
स्वास्थ्यस्यकर्मी योद्धा
आज देश
स्वास्थ्य युद्धमा फसेको छ
आज विश्व कोरोना युद्धमा फसेको छ
तिमी आज स्वास्थ्य युद्धमा परिचालित छौ
स्वास्थ्य युद्धको अग्र मोर्चामा छौ
आज साराले तिमिलाई गुहारि रहेका छन
कोरोना विरुद्धको युद्धमा लडिरहेका छौ

प्रिय साथि
स्वास्थ्यकर्मी योद्धा
हरेश नखाउ
हतास नवन
एक दिन अवश्य
यो कोरोना विरुद्धको स्वास्थ्य युद्ध
हामी जित्ने छौ
तिमिलाई
फौजी योद्धाको
सलाम छ ।।

शान्तिसेनामा नेपालको प्रतिनिधित्व गर्दै गरेका एक ब्यक्ति

SHARE