
काठमाडौं : कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ। सक्रमण देखिएपछि घर मै होम आइसोलेशनमा बसेका ७८ वर्षीय पहाडी हिजो नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका थिए। उनको गएराति नै मृत्यु भएको जिल्ला अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
डोल्पा घर भएका पहाडि पछिल्ला दिनहरुमा नेपालगन्जमा बसोबास गर्दै आएका थिए।












